२४ फाल्गुन २०८२, आईतवार
Follow Us

गगन थापा र रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
६ माघ २०८२, मंगलवार १४:४०

काठमाडौँ । काँग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। गगनले सर्लाही ४ तथा रविले चितवन २ मा उम्मेदवारी दर्ता गराएका हुन्।

काँग्रेस सभापति थापा निर्वाचनको टिकटसम्बन्धि बैठकका कारण सर्लाही जान नसकेपछि वारेसमार्फत दर्ता गराएका हुन्। उनले मंगलबार अबेर मात्र टिकटको टुंगो लगाएका थिए। गगनकै नेतृत्वमा काँग्रेसले १६५ क्षेत्रको उम्मेदवार छानेको हो ।

रवि लामिछाने पर्सा जिल्ला अदालतमा उपस्थित भएकोमा थुनछेक आदेशमा ढिलाइ भएपछि वारेसमार्फत दर्ता गराएका हुन्।

धेरै पढिएको