२२ फाल्गुन २०८२, शुक्रबार
Follow Us

बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता, अमरेशको गृहपालिकाबाट मतगणना सुरु

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०८२, शुक्रबार ०६:१६

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा अग्रता कायम गरेका छन । ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

यता, सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।

पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका समेत हो ।

ललितपुर-१ मा कांग्रेसका राणाको अग्रता
ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन् ।

धेरै पढिएको