५ जेष्ठ २०८३, मंगलवार
Follow Us

प्रधान न्यायाधीश शर्माले आजै लिँदैछन् शपथ, आजै पदभार सम्हाल्ने

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ११:५२

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आजै शपथ ग्रहण गर्ने भएका छन् । शपथसँगै उनले सर्वोच्च अदालतमा पदभारसमेत ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शर्माको शपथ ग्रहण कार्यक्रम साँझ ६ बजेर १० मिनेटमा निर्धारण गरिएको छ ।

शपथ ग्रहणपछि उनले आजै प्रधानन्यायाधीशको रूपमा औपचारिक रूपमा पदभार सम्हाल्नेछन् । संसदीय सुनुवाइबाट अनुमोदन प्रक्रिया पूरा भएसँगै उनी न्यायालय नेतृत्वको जिम्मेवारीमा प्रवेश गर्न लागेका हुन् ।

धेरै पढिएको