१३ असार २०८३, शनिबार
Follow Us

भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते

नेपालब्रिटेन संवाददाता
१३ असार २०८३, शनिबार ०४:५७

भेनेजुएलामा बुधबार आएको विनाशकारी भूकम्पका कारण अहिलेसम्म ९२० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी मानिस घाइते भएका छन्।

विशेष गरी ला गुएरा क्षेत्रमा ठूलो क्षति पुगेको छ, जहाँ देशको मुख्य विमानस्थल र बन्दरगाहसमेत अवस्थित छन्। भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारहरू यति बेला अत्यन्तै छटपटी र पर्खाइमा छन्।

विगत लामो समयदेखि आर्थिक संकट झेल्दै आएको भेनेजुएलाको स्वास्थ्य प्रणाली यो विपद्‌पछि पूर्ण रूपमा अस्तव्यस्त भएको छ। स्थानीय चिकित्सकहरूका अनुसार अस्पतालहरूमा औषधि र अत्यावश्यक स्वास्थ्य सामग्रीको चरम अभाव छ, जसका कारण घाइतेहरूको उपचार अस्थायी शिविरहरूमा गर्नुपर्ने बाध्यता छ।

यसैबीच, बेलायत, अमेरिका, मेक्सिको र नेदरल्याण्ड्स लगायतका देशहरूबाट तालिमप्राप्त कुकुर, ड्रोन र विशेषज्ञसहितका अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भेनिजुएला पुग्न थालेका छन्। अमेरिकाले १५ करोड डलर सहायताका साथै युद्ध पोत र ढुवानी विमानहरू परिचालन गर्ने घोषणा गरेको छ।

धेरै पढिएको