३० बैशाख २०८१, आईतवार
Follow Us

बाढी पीडितको लागि सहयोग संकलन गर्दै तमुधिं यूके

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार ०८:०१

लन्डन । नेपाली मेलाको तयारीमा जुटिरहेको तमुधिं यूके मेला व्यवस्थापन थाती राखेर बाढी पीडितको सहयोगार्थ जुटेको तमुधिं यूकेले जनाएको छ ।

गत साताको अविरल वर्षाले देशका विभिन्न ठाउं र विशेषगरि तराईमा जनधनको व्यापक क्षति भएपछि पीडितको सहयोगार्थ तमुधिं यूकेले अध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा सहयोग समिति गठन गरि चन्दा संकलन अभियान शुरु गरेको हो । संयोजक गुरुङले देशमा परेको प्राकृति बिपतीको बेला सबै वेलायतबासी नेपाली समूदायलाई एक जुट भएर सहयोग गर्न आग्रह गरेका छन् ।
संकलित रकम नेपाली मेलामा अतिथीका 
रुपमा आउन लागेका तमुधिं यूकेका संरक्षक एवं एनआरएनए आइसिसी अध्यक्ष डा शेष घलेलाई हस्तान्तरण गरि एनआरएनए राहत कोषमार्फत नेपाल सरकारलाई बुझाउने योजना रहेको तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जनाए ।
यसअघि भूकम्प, सेती कोसी बाढी पीडित र इराकमा मारिएका नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको बेलायतको अग्रणी जातीय संस्थाले यसपटक पनि आर्थिक सहयोगका लागि सबैमा अपिल गरेको छ ।

संस्थाले तल दिइएको बैंक खातामा रकम पठाउन आग्रह गरेको छ ।

बैंक खाता

Account Name – Tamudhee UK

Ac Number – 58001875

SC – 60-08-13

Natwest Bank

Note: Please put your name or member number for Reference.