१८ बैशाख २०८१, मंगलवार
Follow Us

ऊर्जा मन्त्री शाही चीन प्रस्थान

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार ११:२९

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही आज चारदिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।

ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनमा रहँदा मन्त्री शाहीले नेपालको जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदारले तोकिएको समयमा काम नगरेको बारेमा समेत कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

यस्तै पश्चिम सेती, बूढीगण्डकीलगायत ठूला जलविद्युत् आयोजना निर्माण तत्काल शुरु गराउने विषयमा समेत मन्त्री शाहीले सम्बन्धित अधिकारीसँग छलफल गर्नुहुने जनाइएको छ ।

आयोजना ठेक्का लिने तर काम नगर्ने भन्दै चिनियाँ निर्माण व्यवसायीको आलोचना हुँदै आएको छ । ऊर्जा मन्त्री शाहीले थ्री गर्जेज जलविद्युत् आयोजना समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।