३ आश्विन २०८२, शुक्रबार
Follow Us

अख्तियारले समात्यो एक लाख घुससहित गौर अस्पतालका कर्मचारी

nepalbritain news
२२ कार्तिक २०७४, बुधबार ०१:४५

रौतहट- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौर अस्पतालका एक कर्मचारीलाई घुसको एक लाख रुपैयाँ सहित पक्राउ गरेको छ। ठेकेदारसित घुस लिएको रकम सहित अख्तियारको हेटौँडा क्षेत्रीय कार्यालयले मंगलवार जिल्ला अस्पताल गौरका इमर्जेन्सी इन्चार्ज प्रवीणकुमार झालाई पक्राउ गरेको हो।

जापानी संस्था कोइकाको सहयोगमा अस्पतालको मर्मत तथा रंगरोगनको ठेक्का लिएर काम गरिरहेका ठेकेदारलाई हेल्थ असिस्टेन्ट झाले बारम्बार रकमको माग गरेका थिए। अवैध रुपमा मोटो रकमको माग गरेर ठेकेदारलाई दुःख दिएपछि ठेकेदारले अख्तियारमा सम्पर्क गरेका थिए। अख्तियारको टोलीले इमर्जेन्सी इन्चार्ज झालाई रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको छ।

अख्तियारको नियन्त्रणमा परेपछि झाले आफू निर्दोष रहेको र ठेकेदारले आफूलाई फसाउन खोजेको बताएका छन् । आफू कार्यालय प्रमुख वा लेखा प्रमुख केही पनि नभएकोले ठेकेदारसित रकम माग्ने कुनै कारण नै नरहेको झाको दाबी छ।

घुसको रकम सहित पक्राउ परेका झालाई अख्तियारको टोलीले अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौँडा लगेको छ।

    –  नागरिक न्युजबाट ।

धेरै पढिएको