२२ बैशाख २०८१, शनिबार
Follow Us

उत्तरमान तिगेला (लिम्बु) भए बेलायतमा अर्को नेपाली सोलिसिटर

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७४, शनिबार १४:२५

लन्डन । बेलायतको इंगलैंडरवेल्सका अदालतहरुमा कानुन ब्यबसाय गर्न पाउने अहिलेसम्मका थोरै नेपालीहरुमा १ डिसेम्बर २०१७ देखि अर्को नेपाली सोलिसिटर थपिएका छन् । तेह्रथुमको छथर गाउँपालिका-५ साबिक ओख्रे गाबिस-७ मा जन्म भई हाल बेलायतमा बसोबास गर्नुहुने उत्तरमान तिगेला (लिम्बु) ले बेलायत आएर यहाँकै युनिभर्सिटीबाट कानुन बिषय पुनस् अध्ययन गरि बेलायतको वकिलको नियामक संस्था सोलीसीटर्स रेगुलेशन अथोरिटीले तोकेको कडा शैक्षिक, चारित्रिक र ब्यबहारिक सबै परिक्षाहरु सफलतापुर्बक उत्तीर्ण गर्नुभएपछि बेलायतको सोलिसिटरको रुपमा विधिवत रजिस्टर्ड हुनुभएको हो ।

तेह्रथुमकै ओख्रेस्थित भगवती माध्यामिक बिद्द्यालयबाट बिसं २०४३ सालमा एसएलसी उत्तीर्ण गर्नुभई धरानको महेन्द्र क्याम्पसबाट बिसं २०४९ मा कानुन र मानविकी दुबैमा स्नातक गर्नुभएका तिगेलाले बिसं २०५० मा अधिबक्ताको लाइसेन्स प्राप्त गरि केही समय कानुन ब्यबसाय गर्नुभएको थियो । त्रिभुवन विश्वबिद्यालय कीर्तिपुरमा अंग्रेजी बिषयमा स्नात्तकोत्तर गर्दागर्दै आफ्नो श्रीमतीसंगै हंगकंग जानुभएको थियो ।

हंगकंगमा उहाँले एक्युट कन्सलटेन्सी मार्फत लामो समयसम्म अध्यागमन तथा लिगल कन्सुलेन्ट को रुपमा कार्य गर्नुभएको थियो । साथै, तिगेलाले सन् २००८ सालमा नेपाल नोटरी पब्लिक काउन्सिलको अंग्रेजी र नेपाली अनुबादनको परिक्षा उत्तीर्ण गरेपश्चात कुनै पनि कागजपत्रहरु प्रमाणित गर्नुका अलावा नेपालीबाट अंग्रेजीमा र अंग्रेजीबाट नेपालीमा अनुबाद गर्नको लागि छनोट हुनुभएको थियो । बेलायतको सोलिसिटर हुने अभिलाषा बोकेरै ६ बर्ष अगाडी श्रीमती, छोरारछोरीसंगै बेलायत आउनुभएका तिगेलाले लन्डनस्थित ब्रुनेल युनिभर्सिटीबाट कानुनमा पोस्टग्रेजुएट डिप्लोमा र लण्डनकै युनिभर्सिटी अफ वेस्ट लण्डनबाट लिगल प्राक्टिस कोर्ष उत्तीर्ण गरि सोहि युनिभर्सिटीबाट लिगल प्रयाक्टिसमा स्नात्तकोत्तर समेत गर्नु भएको छ ।