१९ बैशाख २०८१, बुधबार
Follow Us

‘अरुण तेस्रो’ अवरोध गर्ने आतंककारी

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७५, बुधबार ०५:४४

खाँदवारी । संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पु-याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिनु भएको छ ।

मुआब्जा नपाएको भन्दै अरुण तेस्रो प्रवेश मार्ग आसपासका प्रभावितहरुले पटक–पटक अवरोध गरेपछि आयोजना प्रभावित हुँदै जान थालेको भन्दै उहाँले त्यस्तो चेतावनी दिनु भएको हो ।

जिल्ला प्रशासनमा अरुण तेस्रो प्रवेशमार्गमा अवरोध भएको उजुरी परेपछि अस्ति सोमबार जिल्ला प्रशासन कार्यालयमा स्थानीयसँग प्रशासनको छलफल भएको थियो ।

‘हालसम्म भएका अवरोधलाई माफी दिएका छौं,’ प्रजिअ अधिकारीले भन्नु भयो, ‘आगामी दिनमा यस्ता विकार विरोधी गतिविधि गर्नेलाई कडा कारवाही गर्नेछौं ।