२३ बैशाख २०८१, आईतवार
Follow Us

ईपीजीको अन्तिम बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
१५ असार २०७५, शुक्रबार ०४:४५

काठमाडौं । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह ईपीजीको नवौँ बैठक आज बस्दै छ । ईपीजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, ईपीजीमा नेपाल भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।

नेपाली पक्षका संयोजक भेषबहादुर थापाले साझा प्रतिवेदन तयार गर्ने विषयमा छलफल हुन लागेको र निष्कर्ष निस्किनेमा आफुहरु विश्वस्त रहेको बताउनु भएको छ ।

भारततर्फका सदस्य डा. बीसी उप्रेतीले पनि समग्र विषयमा छलफल हुने बताउनु भएको छ । जलस्रोत, व्यापार, पारवहन, सांस्कृतिक सम्बन्धलगायत विषयमा दुबै पक्षबीच सहमति भईसकेको छ । दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल भारत खुल्ला सीमा नियमनबारे साझा धारणा बन्ने सकिरहेको छैन । भारतीय पक्षले जवाफसहित प्रस्तुत हुने जानकारी दिएपछि नेपालीपक्ष आशावादी छ ।