३० बैशाख २०८१, आईतवार
Follow Us

चार दिने साइकल यात्रा शुरु

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७५, आईतवार ०६:३९

काठमाडौं । विवाह पञ्चमीको सन्दर्भ पारेर आज काठमाडौंको पशुपतिदेखि जनकपुरसम्म साइकल यात्रा शुरु भएको छ । विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी चार दिने साइकल यात्रा गर्न लागिएको हो । साइकल यात्रीलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पशुपतिनाथ मन्दिर परिसरबाट विदाइ गरे ।

साइकल यात्राका क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सव समेत हुनेछ । साइकलयात्री पहिलो दिन सुनकोशी गाउँपालिकाको मुलकोट, दोस्रो दिन सिन्धुलीमाढी र अर्को दिन जनकपुरधाम पुग्नेछन् । साइकल यात्राले काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी र सांस्कृतिक सहर जनकपुरधामलाई जोडेर आयोजकको दावी छ ।

१ सय ५० जना यात्रीले साइकल यात्रामा सहभागी हुन नाम दर्ता गराएका छन् । काठमाडौंबाट झण्डै २ सय २५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । यात्राका क्रममा पर्ने स्थानीय तहहरु गाउँपालिका र नगरपालिकाले यात्रालाई सघाउने छन् ।

साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । कार्यक्रमको एभिन्यूज खबरले विभिन्न स्थानवाट प्रतक्ष्य प्रशारण गर्नेछ ।