१९ बैशाख २०८१, बुधबार
Follow Us

लेस्टरमा दशैं शुभकामना कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार १५:१५

लन्डन । सिर्जन्शिल लेस्टर नेपाल यूके ले ३ अक्टोबर २०१६ सोमबारका दिन एभरेष्ट डाइन लेस्टरमा बिजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुझकामना साँझ सम्प्नन भयो ।
संस्थाका अध्यक्ष प्रेम आलेको अध्यक्षता सम्पन्न कार्यक्रम महासचिब बरुण भण्डारीले संचालन गरेका थिए । कार्यक्रममा अतिथिहरु विश्व साइकल यात्री लोक बन्धु कार्की, भण्डारी ब्रदर्सका डाइरेक्टर कमल भण्डारी, साँझा नेपाली समाजका सस्थापक अध्यक्ष शंकर भण्डारी, शान्ती नेपाली समाज बेलायतका उपाध्यक्ष भोजराज भण्डारी, साझा नेपाली समाजका कोषाध्यक्ष नारायण फुयाल, सस्थाका संरक्षकहरु दयानिधि सापकोटा र पशुपती पोखरेलले बिजया दशमी तथा दीपावलीको शुभकामना मन्तब्य दिए ।

सँस्थाकी उपाध्यक्ष कला पोखरेले अतिथी तथा उपस्थित सबैलाई स्वागत गरिन् । पुण्डरी अर्यालले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिए ।
स्थानिय कलाकारहरु संगिता आलेमगर, श्रद्धा भण्डारी र चन्द्र खत्रीले नाच, जस्मिन तमाङले गीत र कला पोखरेल, बासना पोखरेल तथा पुस्कर सिलवालले दोहरी गीत प्रस्तुत गरी उपस्थित सबैलाई मनोरन्जन दिलाए। दोहोरी गीतमा कृष्ण थापाले वाध्यबादनमा साथ दिएका थिए भने अन्य कार्यक्रमको म्युजिक संयाृजन मन्जिल पौडेलले गरे ।
एभरेष्ट डाइन रेस्टुरन्टको मिठो नेपाली खाना तथा नेपाली लोक गीतमा नच्दै एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका लेस्टरबासी माझ् विश्वा साइकल यात्री लोक बन्धु कार्कीले आफ्नो १२ बर्ष लगातार यात्रा गर्दाका आफ्ना अनुभुती सुनाउनुभएको थियो।
अहिले सम्ममा १३० राष्ट्रको यात्रा गरेका साइकलयात्रीद्धयलाई २५१ पाउण्ड प्रदान गरेको थियो।