३२ असार २०८२, बुधबार
Follow Us

स्थगित एसईई चैत २२ देखि हुने

nepalbritain news
१९ चैत्र २०७५, मंगलवार ०३:४३

भक्तपुर। प्रदेश नं २ कोे स्थगित एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षाको तालिका सोमबार सार्वजनिक भएको छ।

सोमबारै परीक्षा बोर्डकोे बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए। लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो।

तालिकाअनुसार प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए। अन्य विषयमध्ये चैत २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय रहेको छ।

त्यसै गरी चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उनले जानकारी दिए। चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ।
डिसी नेपाल

धेरै पढिएको