२९ बैशाख २०८१, शनिबार
Follow Us

कर्मचारीलाई विनाधितो १५ लाख ऋण

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार १७:४१

विराटनगर । एनआइसी एशिया बैंकले आम कर्मचारीलाई २५ महीनाको तलब वा रु १५ लाख विनाधितो ऋण सुविधा उपलब्ध गराउने भएको छ । बैंकका प्रदेश नं १ प्रमुख लक्ष्मण चालिसे आज यहाँ पत्रकार सम्मेलन गरी २२ वटा विभिन्न विशेषताअन्तर्गतका १५ नयाँ बचत निक्षेप योजनालाई सार्वजनिक गर्नुभयो ।

उहाँले कर्मचारीलाई तीन महीनाको तलबसमेत अग्रिमरुपले लिन पाउने सुविधा उपलब्ध हुनुका साथै चमत्कारिक बचत खाता, नारी, ज्येष्ठ नागरिक, बाबुनानी, विद्यार्थी तथा स्वरोजारलगायतका खाताबाट औषधि उपचार, मृत्यु बीमालगायतका अन्य सुविधा उपलब्ध गराई यही चैत २० गतेदेखि सुविधा उपलब्ध गराइसकेकोे जानकारी दिनुभयो ।

बैंकको प्रदेशमा ५२ शाखा, चार एक्टेन्सन, आठ शाखारहित बैंक र ६४ एमिट सेवाबाट ग्राहकले सुविधा पाइरहेको जनाएको छ । सो अवसरमा प्रदेशको १४ जिल्लामध्ये ११ जिल्लाका जनतालाई बंैकिङ सेवा पुगेको जानकारी गराइयो । बैंकको प्रदेशमा गत असारमसान्तसम्म रु १८ अर्ब ६० करोड निक्षेप सङ्कलन गरी रु २८ अर्ब २० करोड ऋण लगानी गरेको छ । बैंकमा प्रदेशमा ३७५ कर्मचारीले तीन लाख दुई हजार ग्राहकलाई सेवा प्रदान गरिरहेका छन् ।