१९ जेष्ठ २०८१, शनिबार
Follow Us

उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ

sarusaru
९ जेष्ठ २०७६, बिहीबार ०१:४४

चितवन । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ।

जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए।

.रेग्मीका अनुसार अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ। रेग्मीसहित प्रदेशसभा सदस्य कृष्ण खनालको टोलीले सङ्कलन केन्द्रमा तोडफोडसहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई आज साँझ रत्ननगरबाट पक्राउ गरेको हो।

उनीसँगै फरार रहेका अन्यको खोजीकार्य जारी रहेको रेग्मीले बताए। आगलोगीका क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
रासस