२५ बैशाख २०८१, मंगलवार
Follow Us

संसदमा प्रकाश सपुतको चर्चा

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०७:४०

सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गायको गलबन्धी च्यातियो तिमिले च्यातियो भन्ने गीत बाँझियो भनी दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जक माथि अपमान गर्ने काम भएको भन्दै कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गर्नुभयो ।

सांसद महेश्वर जंग गहतराज अथक प्रकाश सपुत र शान्ति श्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भईरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गर्नुभयो ।

सांसद मिन बहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारीक कठिनाई भएको भन्दै यो व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो ।

सांसद मिना सुब्बाले केही दिन देखि राजधानीमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना बढेको र यसले महिला जगतमा त्रास फैलिएको भन्दै यस घटनालाई गम्भीर रुपमा लिई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।