७ आश्विन २०८२, मंगलवार
Follow Us

धनुषामा करेन्ट लागेर तीनको मृत्यु

nepalbritain news
८ आश्विन २०७६, बुधबार ०४:०९

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन्।

 
 

महतोले पोर्ताहामा पुर्वेली स्टाप होटल चलाउँथे। सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार मृतक कामदारको पहिचान खुल्न सकेका छैन्।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएर तार खस्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीको अनुमान छ।

बुधबार बिहान ढिलोसम्म होटल नखुलेपछि स्थानीयले हेर्न गएका थिए। तीनै जना मृत भेटेपछि  उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

 

 तीनै जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याइएको छ।

सेतोपाटी

धेरै पढिएको