१६ बैशाख २०८१, आईतवार
Follow Us

दुई दर्जनभन्दा बढी खेलाडी अस्पताल भर्ना, ७ जना श्रीलंकन खेलाडीलाई डेंगु

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७६, आईतवार १६:२८

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिन आएका विभिन्न देशका दुई दर्जनभन्दा बढी खेलाडी अस्पताल भर्ना भएका छन् । उनीहरुलाई रंगशाला नजिकै रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना भएका खेलाडीमध्ये ७ जना श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण देखिएको छ ।

संक्रमण भएका खेलाडीहरुमध्ये एक जनालाई आईसीयूमै राखेर उपचार गरिएको अस्पतालका व्यवस्थापकीय सचिव रजत श्रेष्ठले जानकारी दिए । उनीहरु नेपाल आएको तीन–चार दिनमै संक्रमण देखिन थालेकाले डेंगु संक्रमण उनीहरु कै देशमा भएको साग मेडिकल टिमका संयोजक डा.अजय राणाले बताए ।

त्यस्तै, सागमा सहभागी हुन आएका अन्य देशका खेलाडीहरु पनि बिरामी भएका छन् । सागको दौरान हालसम्म २६ जना खेलाडीले ब्लुक्रस अस्पतालमा भर्ना भएरै उपचार गराएका छन् । नेपाली खेलाडीहरुलाई भने खेलको दौरान चोटपटक बाहेक अन्य कुनै संक्रमण नदेखिएको साग मेडिकल टिमले जनाएको छ ।