२५ बैशाख २०८१, मंगलवार
Follow Us

आईएनईए अवार्डको टप फाइनलिस्ट छानिए, १० विधामा अवार्ड दिइने

नेपालब्रिटेन डट कम्
१० पुष २०७६, बिहीबार १९:५१

लण्डन । बेलायतबाट सञ्चालित डिजिटल मिडिया ‘ह्याब अ मोमेन्ट’ ले आउँदो महिना गर्न लागेको अवार्ड कार्यक्रमको लागि फाइनललिस्टहरुको नाम सार्वजानिक गरिएको छ ।

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

आउँदो जनवरी ११ तारिख आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा वितरण सो अवार्डको लागि वेष्ट युट्यिुवर तर्फ सुनयुके सुनयुके, सन्दिप गिरी, सेगा, सृजना, जेम्स श्रेष्ठ, मिंग्मा लामा लगायत अन्तिम ६ जनाको लागि चयन भएको ह्याब अ मोमेन्टका निर्देशक नविन गुरुङले जनाए ।

गुरुङका अनुसार वेष्ट मेल एक्टरको फाइनल नोमिनेसनमा टंक धमला, रितेस चाम, राजदीप राई, धिरज मगर, बिक्रम जोशी परेका छन् ।

बेलायतको नेपाली समुदायमा विशेष योगदान गरेका समाजसेवी, खेलाडी, कलाकार, संगीतकर्मी, पत्रकार, मिडियाकर्मी लगायतलाई विभिन्न १० विधामा अवार्ड दिइनेछ सो अवार्डको लागि बाँकी फाइनलिस्टहरुको नाम क्रमशः प्रकाशन गरिदै जाने जानकारी गुरुङ दिए ।

सोही कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गर्ने केहि बेलायतबासी नेपालीहरुलाई पनि विशेष सम्मान गर्ने योजना आयोजकले गरेका छ । यसअघि विभिन्न विधाका अवार्डको विजेता चयनका लागि सोहि क्षेत्रको अनुभव र विज्ञता भएका व्यक्तिहरुको जुरीले नोमिनेसनमा पर्नेहरुको सर्ट लिस्ट सार्वजनिक गरेको थियो ।

सो अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको गुरुङले जनाए, समाजमा राम्रो काम गर्नेहरुको हौसला बढ्दै जाओस् र सिंगो समुदायलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिन लागिएको गुरुङको तर्क थियो ।

ह्याब अ मोमेन्टको आयोजनामा हुने सो कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) युके र लेक्स लिम्बू डटकम, चर्चित इभेन्ट आयोजकहरु जि नाईन इन्टरटेनमेन्ट र सिग्नेचरको समेत सहकार्य रहेको छ ।

कार्यक्रमको लागि आवश्यक खर्च व्यवस्थापनको लागि कुनै चन्दा नउठाइएको समेत आयोजकको भनाई छ । कार्यक्रम हेर्न आउने दर्शकले लिने टिकट, केहि कमर्सियल प्रायोजक र कम्पनीको आफ्नै लगानीबाट व्यवस्थापन गर्ने गरि आर्थिक व्यवस्थापन गरिएको छ । अवार्ड वितरण कार्यक्रममा मनोरञ्जनका लागि केहि नृत्य तथा गीतसहितका आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछन् । कार्यक्रममा प्रवेश शुल्क १५ पाउण्ड मात्र राखिएको छ ।