२९ बैशाख २०८१, शनिबार
Follow Us

देउवाले पार्टी ध्वस्त बनाए : नेतृ सुजाता

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७६, शुक्रबार ०५:५२

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालालेसभापति शेरबहादुर देउवाले पार्टी ध्वस्त बनाएको आरोप लगाएकी छिन् । आज बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सभापति देउवाले पार्टीमा गुट उपगुटलाई प्रश्रय दिएर पार्टी कमजोर बनाएको बताएकी हुन । देउवाले नै नेतृत्व गरिरहने हो भने कांग्रेस पार्टी विलिन हुने नेतृ कोइरालाको भनाइ छ ।

नेतृ कोइरालाले सरकारले हालै अघि बढाएको सञ्चार विधेयक एकपक्षीय भएको आरोप समेत लगाइन । सरकारका भ्रष्टाचार ढाकछोप गर्न विधेयक अघि बढाइएको उनको भनाइ छ । फरक प्रसंगमा नेतृ कोइरालाले निर्मला पन्तका बलात्कारी र संरक्षकलाई फाँसीको सजाय हुनुपर्ने पनि बताइन् ।