२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्तुगलमा नेपालीहरुको फुटबल मोह

नेपालब्रिटेन संवाददाता
१४ माघ २०७६, मंगलवार ११:२०

लिस्वन । गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भ पोर्तुगलले मोन्तेगोर्दोमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता गत २५ तारिख शनिबार सम्पन्न भएको छ । एनआरएन अलगार्भ कप फुटबल मा प्रतियोगितामा अलगार्भ जिल्लाभरिका एघार टिमको सहभागिता रहेको थियो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा मोंते गोर्धो समूह बि लाई पराजित गर्दै हिमालय गोर्खा साओ ब्रास डि अल्पोर्तेल ले बिजय हासिल गर्न सफल भएको थियो । गैरआवासीय नेपाली संघ पोर्तुगलका संस्थापक अध्यक्ष तथा समाजसेवी पूर्ण हमालको प्रमुख आतिथ्यसँगै स्थानीय भिला रिअयल दि सावतो तोनियो नगरपालिकाकी प्रमुख साओ काब्रिता विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रमामा युरोप नेपाल स्पोर्टस एसोसिएसनका सल्लाहकार राम बहादुर पुन गैरआवासीय नेपाली संघ पोर्तुगलका उपाध्यक्ष मछिन्द्र अर्याल जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष नवीन आचार्य, देवेन्द्र पुन लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिँदै नेपालीहरूबीचमा एकता तथा आपसी समन्वय कायम गर्न खेलकुद कार्यक्रमको विशेष योगदान रहने हुँदा यसको निरन्तताका लागि सबै गैरआवासीय नेपालीहरु लाग्नुपर्ने प्रमुख अतिथि पूर्ण हमालले बताए ।

करिब ५०० नेपाली दर्शकहरुको उपस्थिति रहेको उक्त खेल कार्यक्रममा मोन्तेगोर्दो बि का राकेश गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए र उतकृष्ट खेलाडिका रुपमा निशान हमाल र सन्तोष रम्तेल पुरस्कृत भएका थिए ।
-बासु सत्याल