८ जेष्ठ २०८१, मंगलवार
Follow Us

अटो दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

sarusaru
२३ माघ २०७६, बिहीबार ०६:४८

काठमाडौं । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

आज (बिहीबार) विहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा विराटनगर-१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
अनलाइनखबर