८ जेष्ठ २०८१, मंगलवार
Follow Us

लिभरपुल २५ अंकले अगाडि

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७६, आईतवार ०४:३१

लन्डन — सादियो मानेको गोलको मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति नरविचलाई १–० ले हरायो । यसका लागि उसले अंक तालिकाको पुछारमा रहेको क्लबको बलियो चुनौती र डेसिन आँधी बेरीलाई निस्तेज पार्नु परेको थियो ।

लिग विजेता हुने क्रममा रहेको योर्गन क्लोपको लिरभपुलले आफ्नो प्रतिष्ठाअनुसार लयमा खेल्न सकेन । टिम शीतकालीन विश्रामपछि पहिलो पल्ट खेल्न क्यारो रोडमा उत्रेको थियो । यो जितपछि लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता खोलेको छ र पछिल्ला ४९ माथिल्लो डिभिजनको खेलमा अपराजित छ । अब लिभरपुल आर्सनलको नाममा रहेको सन् २००३–२००४ को ४९ खेलको अपराजित यात्रा नजिक पनि पुगेको छ ।

यस्तै क्लब ३० वर्षयता पहिलो लिग उपाधिको पनि संघारमा पुगेको छ । लिगको यसअघिका खेलमा बर्नलीले साउथह्याम्पटनलाई २–१ ले हराएको थियो ।