६ बैशाख २०८१, बिहीबार
Follow Us

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७६, बिहीबार ०४:११

गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुन्छ भन्नुभयो ।

काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभयो,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ । ”

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्छ भन्नुभयो । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।