१८ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपूलमा ब्याडमिन्टन भिडन्त (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७३, आईतवार २०:२१

लन्डन । नेपाली समाज लिभरपूलको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

आइतवार लिभरपूलमा आयोजित प्रतियोगितमा लिभरपूल र न्यूक्यासलका नेपालीहरु बीच भिडन्त भएको हो ।
प्रतियोगितमा लिभरपूलका ६ र न्यूक्यासलका ३ टिमले सहभागीत जनाए । दुई चरणको लिगमा भएको खेलको फाईनलमा न्यूक्यासल टिमले लिभरपूललाई पराजित गरेको थियो । न्यूक्यासलको तर्फबाट अनुज राउत र सुनिल श्रेष्ठले लिभरपूल टिमका प्रविण घिमिरे र कुमार घर्ती पराजित गर्दै प्रथम भए । प्रतियोगितमा लिभरपूल टिमको तर्फबाट डा. हेमराज शर्मा र गंगा खत्रीले तेस्रो स्थान हासिल गरे ।

बिजेतालाई लिभरपूल नेपाली समाजको तर्फबाट डा. शंभु आचार्य र धन गुरुङले संयुक्त रुपमा ट्रफी प्रदान गर्दै वधाई ज्ञापन गरे ।
अर्को प्रतियोगिता न्यूक्यासलमा आयोजना गरिने न्यूक्यासल ब्याड्मेन्टिनका संयोजक डा. बिमन घिमिरेले जानाकारी दिए। लिभरपूलमा पहिलो पटक आयोजना गरिएको खेलमा त्यहाँ स्थित नेपाली समूदायको उत्साहजनक सहभागीता थियो ।

आगामी दिन म्यान्चेष्टर, लिड्स लगायत नर्थवेष्टमा बस्ने नेपालीलाई पनि प्रतियोगितामा आमन्त्रिण गरिने लिभरपूल नेपाली समाजको अध्यक्ष कुमार घर्तीले बताए। यस्ता प्रतियोगिताले नेपाली नेपाली बिचको सञ्जाल स्थापित हुनुका साथै आपसी भाईचारा बढ्ने विश्वाश लिएको लिभरपूल ब्याड्मेन्टिन टिमका संयोजक प्रविण घिमिरेले जनाए । प्रतियोगितमा सहभागी खेलाडीहरुलाई लिभरपूल नेपाली समाजको तर्फबाट कृष्णा गुरुङले स्वागत गरेकी थिईन । प्रतियोगितामा भक्त गुरुङ लगायत रेफरिङको भूमिका निर्वाह गरेका थिए।

15218335_10154272753749037_1201029108_n

15239229_10154272753809037_374149722_n

15280913_10154272753764037_1321149375_n

15226448_10154272753779037_471211655_n

15211765_10154272753789037_254111932_n

15281082_10154272753784037_1034023415_n

15281192_10154272753804037_1304285570_n

15239167_10154272753794037_2053460586_n

15280984_10154272753469037_321667611_n