२९ बैशाख २०८१, शनिबार
Follow Us

श्रीलंकाका राष्ट्रपतिद्वारा संसद् भंग

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार ०४:२३

श्रीलंकाका राष्ट्रपति गोतबाया राजपक्षले संसद् भंग गरेका छन् । संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भंग गर्दै राजापक्षले बैशाख १३ मा मध्यावधि चुनाव गराउने घोषणा गरेका हुन् । श्रीलंकाको संसद् भंग गर्नका लागि कम्तिमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ ।

यो अवधि आइतबार राति पूरा भएपछि नयाँ निर्वाचन घोषणा भएको हो । यसअघि श्रीलंकामा सन् २०१५ को सेप्टेम्बर १ मा निर्वाचन भएको थियो ।