२१ जेष्ठ २०८१, सोमबार
Follow Us

देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार ०६:३५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा अहिले बैठक जारी छ ।

पछिल्लो समय नेपाली काँग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

सो प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै शुक्रबार काँग्रेसले दुवै सदन अवरुद्ध गरेको थियो । बैठकमा काँग्रेसका पूर्व पदाधिकारीहरू पनि सहभागी छन् ।