२९ बैशाख २०८१, शनिबार
Follow Us

सिद्धबाबा कारागार चलान

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार ०६:५३

सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पूर्पक्षका लागि कारागार चलान भएका छन् । उच्च अदालत विराटनगरले कारागार चलान गर्ने फैसला गरे लगत्तै फरार रहेका सिद्धबाबा आज जिल्ला अदालत सुनसरीमा हाजिर भएका थिए ।

मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत इनरूवा उनलाई अदालतले थुनुवा पूर्जी दिएर झुम्का कारागार पठाएको हो । अदालतमा उपस्थित हुने क्रममा उनले आफु औषधि उपचारका क्रममा भारतमा गएको र फैसलाको सम्मान गर्दै अदालतमा हाजिर भएको प्रतिक्रिया दिए ।

कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

सुरुमा जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।