३० बैशाख २०८१, आईतवार
Follow Us

कोरोना भाइरसको आशंकामा भर्ना भएका चारै जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार ०७:२५

काठमाडौं । कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका चारैजनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ ।

तीमध्ये १९ जना घर फर्किसकेको प्रयोगशालाले जानकारी दिएको छ । नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन ।