२९ बैशाख २०८१, शनिबार
Follow Us

सुदूरपश्चिमको भाषा हराउन थाल्यो : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १५:५९

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताउनुभएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उहाँले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउनुहुँदै यसलाई छोड्न नहुने धारणा व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, “अलिकति बैतडीका दाजुभाईले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडी सकेका छन्, भाषा बोलचालबाटै हराउछ भने त्यो भाषा कति दिन टिक्न सक्छ ।” उहाँले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्धानहरुले मानेको उल्लेख गर्नुभयो । सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताउनुभयो ।