२९ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वडिआइजी महेशविक्रम शाहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १६:१४

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा मुछिएका छन्। २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो।

अख्तियारले उनीसँग पटक पटक बयान लिइसकेको छ। उनीविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको स्रोतले जनाएकाे छ। शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन्। शाह भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो।

डिआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ।