३० बैशाख २०८१, आईतवार
Follow Us

लिभरपुललाई २५ अंकको अग्रता

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७६, आईतवार ०३:००

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २–१ ले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका लागि मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।

जीतसँगै लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ । लिभरपूलले तालिकामा २५ अंकको अग्रता लिएको छ । अब लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न बाँकी रहेका ९ खेलमध्ये तिन वटा खेलमात्रै जिते पुग्छ ।

दप्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हरायो । आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट्ले निर्णायक गोल गरे । गएराती टोटनह्याम हट्सपरलाई भने बर्नलेले १–१ गोलको बराबरीमा रोकेको छ ।

इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई, शेफिल्ड युनाईटेडले नरिच सिटीलाई तथा न्युकासल युनाईटेडले साउथह्याम्प्टनलाई १–० ले हराएका छन् । वुल्भरह्याम्पटन वान्डरर्स र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।