३० बैशाख २०८१, आईतवार
Follow Us

भ्रमपूर्ण अडियो सार्वजनिक गर्ने मगर प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ११:२६

काठमाडौं । कोरोना भाइरसबारे भ्रमपूर्ण अडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर भाइरल बनाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय युवक विवेक थापा मगरलाई कोरोना भाइरसबारेको भ्रमपूर्ण न्यूजमा आफ्नो आवाज दिएर सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो ।

शनिबार विहान ८ बजेदेखि सामाजिक सञ्जालमा भाइरल बनेको उक्त अडियो एक अनलाइन पोर्टलमार्फत सार्वजनिक भएको थियो ।

उनले काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा कोरोना भाइरसको संक्रमित फेला परेको र यसको पुष्टि नर्भिकका चिकित्सकले गरेको भन्दै अडियो पोष्ट गरेका थिए ।

झुठ र भ्रमपूर्ण न्यूज पोष्ट गरेर समाजमा आतंक फैल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका मगरमाथि प्रहरीले छानविन सुरु गरिसकेको छ ।