१३ पुष २०८२, आईतवार
Follow Us

आजदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७६, आईतवार ०४:१३

काठमाडौं । सरकारले आजदेखि १० दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आगामी १८ गतेसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गरेको हो ।

यो निर्णयसँगै चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानमा हुने उडान अवतरण रोकिएका छन् । यसअघि नै सरकारले युरोपका सबै देश, पश्चिम एसियाका यात्रुलाई प्रवेशमा रोक लगाइएको थियो ।

त्यस्तै खाडी क्षेत्रका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउनेलाई पनि प्रतिबन्ध लगाइएको छ । उद्धारलगायत केही विशेष उडानहरुमा भने कुनै रोकावट नहुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

नागरिक उड्डयन कार्यालयका अनुसार यात्रु बाहिर लैजान, मालबाहक जहाज, उद्धार र हवाइ एम्बुलेन्सजस्ता विशेष संकटकालीन अवस्थामा उडान प्रभावित नहुने जनाएको हो ।

जनस्वास्थ्य र कोभिड १९ को अवस्थालाई ध्यानमा राख्दै सरकारले यो निर्णय गरेको हो । नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् ।

धेरै पढिएको