२६ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना संक्रमितको संख्या चार लाख नजिक, १८ हजार ८ सय भन्दा बढीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७६, बुधबार ०५:०५

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यो खबर तयार पार्दासम्म ४ लाख २१ हजार तीनसय भन्दबढी व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाका कारण १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ भने १ लाख ८ हजार ३ सय भन्दा बढी उपचारपछि निको भएका छन् । कोरोनाको सबैभन्दा बढी प्रभाव इटलीमा देखिएको छ । त्यहाँ झण्डै ६९ हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ६ हजार ८ सय नाघेको छ ।

अमेरिकामा पनि कोरोना संक्रमितको संख्या लगातार बढ्दो छ । त्यहाँ ५३ हजार ६ सय भन्दा बढी संक्रमित छन् । त्यस्तै, स्पेनमा ४२ हजार ५८, जर्मनीमा ३२ हजार ९ सय ९१, इरानमा २४ हजार ८ सय भन्दा बढीमा संक्रमण देखिएको छ ।