४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

गर्भवतीको हवाई उद्धार

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७७, बिहीबार १४:१२

प्युठान । यहाँकी एक गर्भवतीलाई हवाई उद्धार गरी काठमाडाँै पठाइएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटकी ३० वर्षीय शिवा पोख्रेललाई हेलिकप्टरमार्फत पठाइएको हो ।

बन्दाबन्दीका समयमा पोख्रेलको स्वास्थ्यावस्था जटिल भएका कारण उहाँको उद्धार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सुत्केरी व्यथाले छट्पटाइरहेकी पोख्रेलको प्युठानमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयबाट स्वीकृत गराई हेलिकप्टरमार्फत निजामती अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जटिल स्वास्थ्यवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । प्युठानमा भने यो कार्यक्रम लागू नभएका कारण परिवारले नै हेलिकप्टर भाडा रु तीन लाख तिर्नुपर्ने भएको छ ।