४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

sarusaru
३१ बैशाख २०७७, बुधबार ०६:२१

काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ।

आज पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक स्थायी कमिटी बोलाएको पार्टी कार्यालय सचिव ईश्वरी रिजाले बताएका छन्।

रिजालका अनुसार, आज बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हो। यसअघि गत पुसको अन्तिम साता दोस्रो बैठक बसेको थियो।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो।

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी दिए।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन्।

यसअघि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो।