१९ जेष्ठ २०८१, शनिबार
Follow Us

आज ६ थपिए, संक्रमित २ सय ७३ पुग्यो

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७७, शनिबार ०४:५८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज ६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार बर्दिया नार्खु–११ निवासी २८ वर्षीया महिला, सिराहा सखुवा–१९ निवासी ३० वर्षीया पुरुष, पर्सा वीरगन्ज–१२ निवासी २८ र २९ वर्षीया पुरुष, सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ निवासी २५ वर्षीया महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।