लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सोमवार (१८ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १०१ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अनुसार सबै भन्दा बढी बेलायतमा ६४ जनाको मृत्यु भएको छ ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले आइतवार सार्वजारीक गरेको तथ्यांकअनुसार ९६ जनाको निधन भएको जनाएको थियो तर कोरोनाकै कारण साउदी अरब २, नेपाल १, बेलायत १, र भारतमा थप १ जनाको ज्यान गए पछि मृत्यु हुनेहरुको संख्या १०१ पुगेको हो ।
यसअघि स्वास्थ समितिले संकलन गरेको तथ्यांक अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, साउदी अरबमा ४ (अपडेट), भारत १ (अपडेट), आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल २ (अपडेट), जनाको कोरोना भाइरसका कारण ज्यान गएको थियो ।
कोरोना भाइरसका कारणले साता मात्र नेपाल सहित थप १८ जनाले ज्यान गुमाएका थिए भने सो सात शुरुमै थप ४ जनाको ज्यान गएको छ ।
यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।
अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिएका छन् ।