४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कोरोनाबाट नेपालमा ३ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७७, बुधबार ०४:५१

लन्डन। नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।