३० बैशाख २०८१, आईतवार
Follow Us

चितवनमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव गाडेर अन्त्येष्टि

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७७, मंगलवार १५:५५

चितवन । चितवनकाे भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएका कोरोना संक्रमित पुरुषकाे शव देवघाट नजिकै बागेश्वरि जंगलमा गाडेर अन्त्येष्टि गरिएको छ । नेपाली सेनाकाे कालिवहादुर गणले शवकाे व्यवस्थापन गरेकाे हाे ।

गुरङ समुदायकाे रिति अनुसार परिवारका सदस्यसमेत केही टाढा उपस्थित भएर शवको अन्तिम संस्कार गरिएको जनाइएकाे छ । भरतपुर ११ का ६८ वर्षीय पुरुषकाे आज बिहान उपचारको क्रममा मृत्यु भएकाे थियाे ।

उनलाई हिजाे राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट जवर्जस्ती भरतपुर अस्पताल सारिएको थियाे। आज बिहान ७ बजेर ५ मिनेटमा उनकाे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।