२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा एकै दिन ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ११:५६

काठमाडौ । नेपालका कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । पछिल्लो चौबिस घन्टामा ४ सय ४८ संक्रमित थपिएसँगै संक्रमितको संख्या पाँच हजार कटेको हो ।

यो संख्या कोरोना संक्रमण फैलिए यता एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । योसँगै देशभरि देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या पाँच हजार ६२ पुगेको छ । यसअघि बिहीवार २ सय ५० जनामा, बुधवार २ सय ७९ जनामा र मंगलवार ३ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो । अनुसार विगत २४ घण्टामा ५ हजार ९ सय २५ पीसीआर परीक्षण भएको छ ।

अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ वटा पीसीआर परीक्षण भएका छन । १ लाख ८८ हजार ५२ जनाको आरडीटी परीक्षण गरिएको छ । ४ हजार १ सय ६९ जना विभिन्न अस्पताल र क्वारेन्टिनका आइसोलेसनमा छन । अहिलेसम्म ८ सय ७७ जना निको भएर घर फर्केका छन । कोरोना संक्रमणवाट १६ जनाको मृत्यु भएको छ । अहिले देशभरका क्वारेन्टिनमा १ लाख ५८ हजार ५० जना बसिरहेका छन ।

क्वारेन्टिनमा बस्ने अधिकांश भारतवाट फर्कनेहरु छन । संक्रमित हुनेपनि प्राय सबै भारतवाट फर्कनेहरु नै हुन । संक्रमितको संख्या प्रदेश दुई र पाँचमा धेरै रहेको छ ।