३० बैशाख २०८१, आईतवार
Follow Us

सनराइज बैंकको कर नीति तालिम

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार १२:०९

काठमाडौं । सनराइज बैंकले नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सबै सदस्यलाई लक्षित गरी आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम अनलाइन वेभनारमार्फत समापन गरेको छ ।

कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आव २०७७-७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दर, कर विवरण र कर दाखिला समयसीमाबारे चार्टड एकाउन्टेन्ट तथा कर विज्ञ अरुण राउतले अनलाइन वेभनारमार्फत प्रदान गरेका हुन् । शैक्षिक परामर्श व्यवसायजस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा करसम्बन्धी विभिन्न समस्याको निदानबारे राउतले प्रकाश पारेका थिए ।

कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डेलगायत वरिष्ठ पदाधिकारीद्वारा वेभनारमार्फत जोडिएका सदस्यले उठाएका लेखा तथा करसम्बन्धी जिज्ञासाको व्यावहारिक समाधानबारे प्रकाश पारिएको थियो । यससम्बन्धी कार्यक्रमको भिडियो रेकर्ड युट्युब च्यानलमा राखी सबै सदस्य तथा सरोकारवालाका लागि लाभान्वित बनाइने बैंकले जनाएको छ ।

बैंकले विगतमा पनि देशका विभिन्न ठाउँमा गएर आधारभूत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिँदै आएकोमा यसपटक भने डिजिटल माध्यमबाट सो कार्यक्रम सञ्चालन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।