३० बैशाख २०८१, आईतवार
Follow Us

काठमाडौं प्रवेशमा कडाइ

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार १०:१४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गर्ने भएको छ । काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था प्रशासन कार्यालयले गरेको छ ।

यात्राका लागि जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति चाहिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । जिल्लाभित्र जोररबिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको कार्यालयले जनाएको छ ।