२९ बैशाख २०८१, शनिबार
Follow Us

पोखरा आसपासका विपन्न परिवारलाई नेपाल–युके फाउन्डेशनको राहत

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार १०:२४

पोखरा । पोखरा नेपाल–युके फाउन्डेशनले विपन्न १०५ परिवारलाई राहत वितरण गरेको छ । ‘हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेशनले राहत वितरण गरेको हो ।

फाउन्डेशनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङका मार्फत पठाएको हेल्पिङ ह्याण्ड्स प्रतिनिधि सुनिल गुरुङले जानकारी दिनुभयो । विपद्को बेलामा समस्यामा परेका समुदायलाई सहयोग गरिएको फाउन्डेशनले जनाएको छ ।

यसअघि फाउन्डेशनले जक्सन डटकम, चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की, पोखरा साङ्गीतिक कलाकार सङ्घ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत ५६० परिवारका करिब दुई हजार ६०० जनालाई खाद्यान्न वितरण गरिसकेको जनाइएको छ ।