२७ बैशाख २०८१, बिहीबार
Follow Us

किसानले धानबारीमै लगाए आगो

नेपालब्रिटेन संवाददाता
१ असार २०७७, सोमबार ०३:२५

चितवन । चितवनका किसानले धानमा भुस मात्रै भएपछि धानबारीमै आगो लगाएका छन । चितवनको राप्ती नगरपालिका वडा नम्बर चार बेलुवामा किसानले धान खेतमा आगो लगाएर जलाउनुका साथै ट्याक्टर लगाएर खेत जोतेका हुन् ।

अज्ञात रोगका कारण पाक्न लागेको धानको बाला सुकेर धानमा भुस मात्रै भएकोले धान खेतमा आगो लगाई खेत जोतेको किसानहरुले वताएका छन । धानमा बाला लागेजस्तो देखिएपनि दाना नभइ भुसमात्रै भएको उनिहरुको भनाइ छ ।

किसानलाई परेको यो संकटको घडीमा संघीय देखि स्थानीय सरकार सम्म कसैले ध्यान नदिएको भन्दै आक्रोश पोखेका छन । चितवनमा यो वर्षमा धान र मकैमा समेत किरा लागेको छ । पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको छ ।

खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका करिब साठी प्रतिशत धान खेतीमा अज्ञात रोगले क्षति पुर्‍याएको छ । चितवनमा चैते धान करिब पाँच सय हेक्टरमा लगाइँदै आएको छ । धान जोन क्षेत्रमा मात्रै छब्बिस सय हेक्टरमा धान खेती हुन्छ ।