२९ बैशाख २०८१, शनिबार
Follow Us

न्यूजिल्यान्डमा पुनः भेटिए संक्रमित

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०५:४८

अकल्यान्ड । कोरोना भाइरसबाट मुक्त घोषणा गरिएको न्युजिल्यान्डमा करिब एक महिनापछि पुनः यसको संक्रमण देखापरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतबाट फर्केका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । आफन्तको अन्त्येष्टिमा सहभागी हुन स्वदेश फर्कन छुट दिइएका ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । गत हप्ता मात्र न्युजिल्यान्डले देशलाई कोरोनामुक्त घोषणा गर्दै सबै प्रतिबन्ध हटाइएको थियो । अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध भने कायमै रहेको छ । जरुरी काम परेका नागरिक र आवश्यक कर्मचारीहरुलाई भने देश फर्कन छुट दिइएको छ ।