३० बैशाख २०८१, आईतवार
Follow Us

एमसिसिबिरुद्ध जुलुस निकाल्न लाग्दा विप्लवका कार्यकर्ता पक्राउ

sarusaru
२ असार २०७७, मंगलवार ०५:५६

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र गणतान्त्रिक मञ्चका केन्द्रीय सचिव पूर्ण बहादुर श्रेष्ठलगायत पाँच जना पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले जमलको थहिटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।