३० बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
४ असार २०७७, बिहीबार १०:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ५९१ पुरुष र ८० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । नयाँ थपिएसंगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७ हजार ८४८ पुगेको छ । जसमा ७२२९ पुरुष र ६१९ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार १८६ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।