४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

स्याङ्जा सहयोग समाज कुवेतद्वारा एम्बुलेन्स सहयोग

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार ११:०८

वालिङ । स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक-एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग गरिएको समाजका महासचिव श्रवण गाहामगरले बताउनुभयो ।

“कुवेतमा रहेको समितिको पहलमा एम्बुलेन्स खरिदका लागि ब्यक्तिगत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रकम सङ्कलन गरेका थियौं,” महासचिव मगरले भन्नुभयो, “हामीले राखेको विशुद्ध सामाजिक कार्यले मूर्तरुप पाएको छ ।” यसअघि हरिनास गाउँपालिकामा रहने गरी टाटा सुमो कम्पनीको एम्बुलेन्स हस्तान्तरण गरिएको र अहिले महिन्द्रा कम्पनीको बोलेरोमा अत्यधुनिक प्रविधि जडान भएको एम्बुलेन्स उपलब्ध गराइएको हो । दुई वटा एम्बुलेन्स खरिदका लागि भन्सार छुटसहित झण्डै २३ लाख लागेको समाजका महासचिव मगरले बताउनुभयो । ग्रामीण वस्तीमा यातायातका साधन प्राप्त गर्न सहज पहुँच नपुग्ने भएकाले बिरामीलाई सहजरुपले ओसारपसार गर्दा राहत हुने समाजका सल्लाहकार विश्वास पुरीले बताउनुभयो ।

एम्बुलेन्सलाई व्यवस्थितरुपमा चलाउन समिति वनाउने तयारी भइरहेको छ । नगरपालिकाको पायक पर्ने स्थानमा एम्बुलेन्स राखिनेछ । चापाकोटसहित पाल्पाको रामपुर नगरपालिकाका बासिन्दाले सहजरुपमा सेवा लिन सक्ने छन् ।